आज मन्त्रिपरिषदले पूर्णता पाउँछ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् । बिहीबार टिभी पचली एट के को उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले सकेसम्म आज मन्त्रिपरिषदले पूर्णता पाउने बताएका हुन् । उनले मन्त्रिपरिषदलाई समानुपातिक र समावेशी बनाइने बताए ।

उनले भने,‘उस्तै परे आज क्याबिनेटले पूर्णता पाउँछ, शपथग्रहण हुन्छ । मन्त्रिपरिषदमा महिलालाई अगाडि ल्याउने प्रयास अगाडि बढाएका छौं । संविधानमा ३३ प्रतिशतको व्यवस्था छ तर हामी ३५ पुर्याउनेछौं । अझ हामीले पार्टीका तर्फबाट क्याविनेटमा ५० प्रतिशत पुर्याका छौं । उत्पीडित समुदाय र त्यसमा पनि महिलाई प्राथमिकता दिएका छौं।’

उनले संचारमाध्यमलाई जनताका पक्षमा सत्य समाचार दिन आग्रह गरे । जनमत सबैभन्दा ठूलो कुरा भएको भन्दै प्रचण्डले जनतामा भ्रम छर्ने काम संचारमाध्यमले गर्न नहुने बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: