बिहिबार, बैशाख ०६, २०८१

‘जीवन फुल्ने मेरो लहरा हो केवल तिमी हौ’ भिडियाे सार्वजनिक

काठमाडाैं । सुदुरपश्चिममा रहेको पर्यटकीय क्षेत्र खप्तड राष्ट्रिय निकुन्जमा छायांकन भएको “जीवन फुल्ने मेरो लहरा हो केवल तिमी हौ, भर दिने मेरो पहरा हो केवल तिमी हौ ” म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सो म्युजिक भिडियो Sunil Giri नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । एक महिना अघि सुटिङ भएको सो म्युजिक भिडियोमा मोडेल पल शाह र गरिमा शर्माले अभिनय गरेका छन् ।
राजकुमार र राजकुमारीको प्रेमलिला हेर्न मिल्ने सो म्युजिक भिडियोले मोडल, पर्यटकीय क्षेत्र, शव्द र लयका कारण अत्याधिक दर्शकको माया पाउने विश्वास गायक सुनिल गिरीको छ ।

सो गीतमा गायक गिरी र गायिका डा. त्रिशला गुरुङको स्वर रहेको छ । गीतको शव्द र संगित पनि गायक गिरीकै रहेको छ भने म्युजिक भिडियोको छायांकन र निर्देशन अनिल के मानन्धरले गरेका छन् । खप्तडको राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पर्यटन प्रवद्र्धन उद्धेश्यले समेत सो क्षेत्रमा छायांकन गरिएको गायक गिरीको भनाइ छ ।

खप्तड पुग्न निक्कै कठिन छ तर हामीले निर्माण गरेको म्युजिक भिडियो हेरेपछि गएकालाई थकाई र दुःख विर्साउने छ भने नगएकालाई खप्तड जाउजाउ भन्ने लाग्ने छ सुटिङबाट फर्किएपछि मोडेल पल शाहले प्रतिक्रिया दिएका थिए ।

१० दिन लगाएर सुटिङ गरिएको सो गीतको छायांकनमा १५ लाख खर्च भएको म्युजिक भिडियोका निर्माता समेत रहनु भएका गायक सुनिल गिरी बताए । गायक गिरी १२ जना काठमाडौ र १० जना बझाङबाट लिएर गत भदौ २५ गते खप्तड पुगेका थिए ।

राष्ट्रिय स्तरका कलाकार गएर खप्तडमा सुटिङमा गरेको सम्भवत यो पहिलो म्युजिक भिडियो हो । सुदूरपश्चिम क्षेत्रमा चर्चित देउदा गीतका सुटिङ भने धेरै भएका छन् । ३१०० देखि ३५०० मिटरसम्मको उचाइमा रहेको खप्तड प्राकृतिकरुपमा निक्कै रमणीय छ । सँधै आनन्ददायी मौसम रहने खप्तड घना जंगल र धार्मिक क्षेत्रकारुपमा पनि परिचित छ ।

खप्तड बाजुरा, वझाङ, डोटी र अछाम गरेर चार जिल्लाको साझा क्षेत्र समेत हो । सो म्युजिक भिडियो आइतबार रिलिज गरिने गायक गिरीले बताए ।
जीवन फुल्ने मेराे लहरा केवल तिमी हाै
भर दिने मेराे पहरा केवल तिमी हाै
जीवन फुल्ने मेराे लहरा केवल तिमी हाै
भर दिने मेराे पहरा केवल तिमी हाै

म झाँगिदै गएछु तिम्राे छाँयामा
म रङ्गिदै गएछु तिम्राे मायामा
म झाँगिदै गएछु तिम्राे छाँयामा
म रङ्गिदै गएछु तिम्राे मायामा
हुरी बताससँग डर लाग्दैन
तिमी बाहेक कसैकाे भर लाग्दैन
माया फुल्ने मेराे वसन्त केवल तिमी हाै
बिहानीमा शीतकाे सुगन्ध केवल तिमी हाै

म मरे नि तिमीसँगै, बाँचे तिमीसँगै
म झरे नि तिमीसँगै, सरे तिमीसँगै
म मरे नि तिमीसँगै, बाँचे तिमीसँगै
म झरे नि तिमीसँगै, सरे तिमीसँगै
मेराे कुनै अरू चाहना छैन
राखि हेर त्याे मनमा बहाना हैन

जीवन फुल्ने मेराे लहरा केवल तिमी हाै
भर दिने मेराे पहरा केवल तिमी हाै