बिहिबार, बैशाख १३, २०८१

श्री एयरलाइन्सको जहाज रनवे छोडेर घासे मैदानमा

काठमाडौं । त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज चिप्लिएर धावनमार्ग बाहिर पुगेको छ । ट्याक्सी वेबाट चिप्लिएर जहाज घाँसेमैदानमा पुगेको हो । नेपालगञ्ज जान लागेको उक्त जहाज रनवेमा जान लाग्दा घाँसे मैदानतिर गएको हो ।

विमानस्थल स्रोतका अनुसार जहाज पार्किङबाट ट्याक्सिवेमा गुड्दागुड्दै घाँसे मैदानतिर चिप्लिएको हो । जहाजमा कुनै क्षति भएको छैन । श्री एयरलाइन्सले जहाजको परीक्षण भइरहेको जानकारी दिएको छ ।