बिहिबार, बैशाख १३, २०८१

प्रवासी नेपाली मञ्च जापानले दसैंतिहार शुभकामना आदान-प्रदान कार्यक्रम गर्दै

टोकियो । प्रवासी नेपाली मञ्च जापानले दसैंतिहार शुभकामना आदान-प्रदान कार्यक्रम गर्ने भएको छ ।
आगामी अक्टुबर १० तारिख दिउसो २ बजेबाट चौतारो रेष्टुरेण्ट कामतामा नेकपा(एमाले) सम्बद्द प्रवासी संगठन प्रवासी नेपाली मञ्च जापानले दसैंतिहार शुभकामना आदान-प्रदान कार्यक्रम तथा चियापान कार्यक्रम गर्न लागेको हो ।

नेपाली हिन्दूहरूको महान चार्ड विजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा प्रवासी नेपाली मञ्च राष्ट्रीय कमिटी जापानको आयोजनामा अक्टुबर १० तारिख आईताबारका दिन विशेष शुभकामना आदान-प्रदान कार्यक्रम गर्न लागेको कमिटीका प्रचार-प्रसार बिभाग प्रमुख प्रकाश ढकालले जानकारी दिनुभयो ।

दसैंतिहार शुभकामना आदान-प्रदान कार्यक्रम हुन गईरहेकोले पार्टी नेता कार्यकर्ता तथा आम नेपालीलाई प्रवासी नेपाली मञ्च जापानले गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा समेत गरेको छ ।