शुक्रबार, बैशाख ०७, २०८१

प्रधानन्यायाधीशलाई मन्त्रिपरिषद विस्तारमा जोड्नु भ्रामकः सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीश प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई मन्त्रिपरिषद विस्तारमा असान्दर्भिक रुपमा जोडिएको भन्दै आपत्ति जनाएको छ ।

सोमबार सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले विज्ञप्ति जारी गरी प्रधानन्यायाधीशलाई असान्दर्भिक रुपमा जोडेर अतिरञ्जित गरिको भन्दै आपत्ति जनाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्रीज्यूबाट नेपालको संविधानबमोजिम न्यायपालिकालाई स्वतन्त्र, निष्पक्ष र सक्षम बनाउने विषयमा आफ्नो स्पष्ट प्रतिवद्धता रहेको धारणा विभिन्न समयमा व्यक्त हुँदै आएको स्मरण गराउँदै सर्वोच्च अदालतको अमुक फैसलासमेतका सन्दर्भ जोडी यस प्रकारका समाचाहरु आउनु अदालतप्रतिको जनआस्था एवं नेतृत्वप्रति प्रतिकुल प्रभाव पार्ने दूषित मनसायबाहेक केही हुन सक्दैन ।’

मन्त्रिपरिषदमा प्रधानन्यायाधीश जबराले भाग खोजेको आइतबार समाचार सार्वजनिक भएपछि सर्वोच्चको यस्तो प्रतिक्रिया आएको हो ।