शुक्रबार, बैशाख ०७, २०८१

मन्त्रिपरिषदमा भाग मागेको कुरामा सत्यता छैन: प्रधानन्यायाधीश जबरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिकामाथि सुनियोजित प्रहार भइरहेको बताएका छन् । सोमबार सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीसँगको भेटमा प्रधानन्यायाधीश जबराले पछिल्लो समय मन्त्रिपरिषद्मा भाग मागेको भनेर आएका खबर त्यसै अनुरुप आएको बताएका हुन् ।

उनले यो खबरमा कुनै सत्यता नभएको र यसबारे औपचारिक रुपमा खण्डन गरिने पनि बताएका छन् । उनले भने, ‘विगतदेखि नै पटक पटक न्यायपालिकामाथि सुनियोजित प्रहार भइरहेको छ। त्यसैको निरन्तरता यो घटना हो। यसमा कुनै सत्यता छैन। भ्रममा नपर्नुहोला ।’

सोमबार सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, सचिव ऋषिराम घिमिरे, सदस्य विकास भट्टराई लगायतको टोली प्रधानन्यायाधीश राणालाई भेट्न पुगेको थियो।