शुक्रबार, चैत १६, २०८०

मगर संघ हङ्कङको १०औं अधिवेशन सम्पन्न, अध्यक्षमा हर्कप्रसाद राना

हङकङ । मगर संघ हङ्कङको १०औं अधिवेशन सम्पन्न भएको छ ।

संघको १०औं अधिबेशन आज आईतबार सम्पन्न भएको हो । अधिबेशनबाट हर्कप्रसाद रानामगरको नेतृत्वमा कार्य समिति चयन भएको छ । नया कार्य समितिको उपाध्यक्ष यमबहादुर बुढाथोकी मगर,उपाध्यक्ष कुमारी थापामगर, महासचिव रबिन्द्र थापामगर लगायत सर्वसम्मत निर्वाचित भएका छन ।

नेपालको आदिवासी जनजातिमध्ये सबै भन्दा बढी जनसंख्या भएको मगरहरुको साझा संस्था नेपाल मगर संघको प्रवास हङकङले कोरोनाको चुनौतीका बीचमा स्वस्थ मापदण्डलाई पालना गरि अधिबेशन सम्पन्न गरेको हो ।
कार्यक्रम हङ्कङका महाबिणिज्य दुत उदय रानामगर को प्रमुख आतिथ्यता, मगर संघ हङ्कङका अध्यक्ष युगमाया रानामगर अध्यक्षता र महासचिव नन्द रानामगरलेले संचलन गरेका थिए । उद्घाटन समारोह पस्चात सन्चालन भएको बन्द सत्रले आर्थिक र साङ्गठनिक प्रतिवेदन पारित गर्दै निर्वाचन मण्डलको सम्योजक तथा प्रमुख आयुक्त मनोज सुर्यबन्शीमगरले सर्वसम्मत निर्वाचित समितिको नामावली घोषणा गरेका थिए ।
नवनिर्वाचित समितिको अध्यक्ष हर्क प्रसाद रानामगरले बाँकी सदस्यहरु समितिको पहिलो बैठकले निर्णय गर्ने सहमति भएको छ ।