अखिल (क्रान्तिकारी)को अध्यक्ष चयन गर्ने जिम्मेवारी प्रचण्डलाई

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)को अध्यक्ष चयन गर्ने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटी बैठकले अनेरास्ववियू (क्रान्तिकारी) को अध्यक्ष चयन गर्ने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिने निर्णय गरेको हो ।
पार्टी प्रवक्ता कृष्णबहादुर महराले अनेरास्ववियूको अध्यक्ष छनौट गर्ने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिएको जानकारी दिए । बैठकमा पार्टीको विशेष प्रदेश कमिटी ९१ जनाको बनाउने प्रस्ताव पनि गरिएको छ ।

सो प्रस्ताव नेताहरुलाई अध्ययनका लागि दिइएको र अर्को स्थायी कमिटी बैठकले त्यसबारे निर्णय गर्ने पनि प्रवक्ता महराले बताए । बैठकमा सरकारका सहभागी हुने नेताहरुको बारेमा भने छलफल नभएको माओवादी केन्द्रले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: