बिहिबार, बैशाख १३, २०८१

सागर रिजालको नेतृत्वमा नेकपा एस पार्टीको प्रवास संगठन जापान गठन

जापान । नेकपा एकीकृत समाजवादी पार्टी संग सम्बद्ध जापानको राष्ट्रीय संगठन प्रवासी नेपाली एकता मञ्च, जापानको कमिटी निर्माण तथा घोषणा कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा एकीकृत समाजवादी पार्टीको जापान संगठन प्रवासी नेपाली एकता मञ्च जापानको कमिटी निर्माण प्रकृया प्रवासी नेपाली मञ्च जापानका पूर्व अध्यक्ष कृष्ण खड्काको शभापतित्व, नेकपा एसका पोलिटब्युरो सदस्य तथा प्रवास ईञ्चार्ज श्रीप्रसाद शाहको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
कार्यक्रममा प्रवासी नेपाली एकता मञ्च अस्ट्रेलियाका अध्यक्ष राजन कुमार बस्नेत समेतको आतिथ्यता रहेको थियो । ईञ्चार्ज शाहले बर्तमान राजनैतिक परिस्थितिको बारेमा र प्रवासमा पार्टी संगठनको भूमिका , दायित्व र लक्ष्य सम्बन्धमा प्रकाश पार्दै नव निर्वाचित कमिटीलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै ईमान्दार र कर्तब्य निष्ठ भै काम गर्न निर्देश सहित गोपनियताको सपथग्रहण गराउनु भयो ।

कार्यक्रमका अध्यक्ष खड्काले संगठनको ढाँचा र नेतृत्व तथा जीम्मेवारी सम्बन्धमा आफ्नो सुझाव राख्दै सहजीकरणमा भूमिका निर्वाह गर्नुभयो। घोषणा पश्चात नव निर्वाचित कमिटीलाई बधाई तथा शुभकामना दिदैं सफलताको कामना ब्यक्त गर्नुभयो।

कार्यक्रममा सबैले आआफ्नो परिचय सहित धारणा राख्दै समाजसेवामा समर्पित रहन चाहेको र मञ्चको रुपमा यो संगठन रोजेको बताएका थिए ।
३५ सदस्यिय घोषित कमिटीको अध्यक्षमा प्रवासी नेपाली राजनितीमा विगत डेढ दशक लामो समयदेखि ईमान्दार पूर्वक सकृय भै बैचारिक र कुशल संगठकको रूपमा परिचित सागर रिजाललाई निर्वाचित गर्नेगरि सर्वसम्मत निर्णय गरेको थियो ।

पदाधिकारी तथा सचिवालय र सदस्यहरूमा आबस्यकता अनुसार थपघट गर्दैजाने सहमति र पार्टीको तर्फबाट ईञ्चार्जको अनुमति पश्चात घोषित कमिटीमा ७ उपाध्यक्ष रहने भएपनि हाललाई ५ उपाध्यक्ष र दुईजना पछि थप गर्नेगरि भोजराज भण्डारी, चिन्तामणी आचार्य, द्रोण सिलवाल, भिम न्यौपाने र प्रकाश महरा चयन गरेको छ ।
मंचको महासचिवमा तिलक दाहाल तथा उपमहासचिव टक्कर कुवँर सचिव द्वय सचिन नेम्वाङ्ग , हरि लामिछाने र कोषाघ्यक्ष श्रीकृष्ण अर्याल सहितको पदाधिकारी चयन गरेको छ ।
कमिटीको सल्लाहकारहरुमा कृष्ण खड्का, दिनेशराज ज्ञवाली र सागरमणि भण्डारी चयन हुनुभएको छ ।
कार्यक्रमको सञ्चालन सागर रिजालले गर्नु भएको थियो।

यस्तो छ कार्य समिति

सल्लाहकारज्यूहरू :
कृष्ण खड्का, दिनेशराज ज्ञवाली र सागरमणि भण्डारी
अध्यक्ष: सागर रिजाल
ऊपाध्यक्ष: चिन्तामणि आचार्य, भोजराज भण्डारी, द्रोण सिलवाल, भीम न्यौपाने, प्रकाश महरा
महासचिव: तिलक दाहाल
ऊपमहासचिव: टक्कर कुवँर
सचिव: सचिन नेम्वाङ्ग, हरि लामिछाने
कोषाध्यक्ष: श्रीकृष्ण अर्याल
सदस्यहरू:
माधव आचार्य (सचिवालय सदस्य)
लक्ष्मी पाण्डे
ईन्दिरा कोईराला
रतन बोहोरा
राज सापकोटा
मुकुन्द भण्डारी
भुवन घिमिरे
सुरेन्द्र थापा
रत्ना कुवँर
हिमांसु सिं ठकुरी
बिश्वास न्यौपाने
जनकराज मण्डल
प्रदिप अर्याल
शिक्षा सत्याल
निर्प कुवँर
प्रल्हाद अधिकारी
नरेन्द्र भण्डारी
सन्दिप खत्री
मान ब. महरा
ऊद्धव अर्याल
कृष्ण प्रसाद धमला
मुक्ति चापागाईं
नकुल तिमल्सिना
मदन कोईराला