मङ्गलबार, बैशाख ०४, २०८१

एनआरएनए जापानले असहाय बालबालिका सहयोगार्थ च्यारिटी फन्डराईजिङसहित दशैंतिहार शुभकामना कार्यक्रम गर्ने

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए ) राष्ट्रीय समन्वय परिषद जापानले १८ औं एनआरएनए डे को अवसरमा असहाय बालबालिका सहयोगार्थ च्यारिटी फन्डराईजिङसहित दशैंतिहार शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ ।

एनआरएनए जापानले १८ औं एनआरएनए डे को अवसरमा नेपालको असहाय बालबालिका शैक्षिक छात्रबृत्ति स्वरूप नेपाली तिन लाख सहयोग गर्ने उद्देश्यका सहयोगार्थ च्यारिटी फन्डराईजिङसहित दशैंतिहार शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको हो ।
अक्टुबर ११ तारिखका दिन च्यारिटी फन्डराईजिङसहित दशैंतिहार शुभकामना आदान प्रदान कार्यक्रम गर्न लागेको संघका महासचिव सिद्धार्थ श्रेष्ठले जानकारी दिनुभयो ।
नेपालको नन्दा सिंङ प्रसाई र रमेश प्रसाई द्वारा संचालित ईनरभिजन नेपाल मार्फत गोल्डेन गार्डेन ईन्टरनेशनल स्कुलमा अध्ययरत नौ जना छात्रा र तिनजना छात्र गरि बाह्र जना सुदुरपश्चिम दैलेख र कालिकोटबाँट ल्याईएका बालबालिकलाई एक बर्ष सम्म अध्ययन गर्नका लागी छात्रबृत्ति स्वरूप नेपाली तिन लाख सहयोग गर्ने उद्देश्यका साथ च्यारिटि फन्डराईजिग तथा दशै,तिहारको शुभकामना आदन प्रदान सहित मनोरञ्नात्मक कार्यक्रम गरिने तयारी भएको जनाएको छ ।
कार्यक्रममा संघमा आवद्ध, जापान स्थित नेपाली संघ संस्था एवं प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्नु हुने सम्पुर्ण शुभचिन्तकहरूलाई कार्यक्रम संयोजक उपाध्यक्ष संगिता अधिकारी सुवेदीले उपस्थितीका लागी आह्वान समेत गर्नु भएको छ ।