बुधबार, बैशाख १२, २०८१

चाडपर्वमा मेला महोत्सव गर्न प्रशासनको रोक

काठमाडौं । जिल्ला प्रशासन  कार्यालय काठमाडौंले अनावश्यक रूपमा भिडभाड, मेला र महोत्सव गर्न रोक लगाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले आदेश जारी गरी चाडपर्वका बेला भिडभाड नगर्न, सभा जुलुस तथा जात्रा महोत्सव नगर्न आग्रह गरेका हुन् ।

आदेशमा कोभिड संक्रमणको जोखिम कायमै रहेकाले नजिकिँदै गरेका चाडपर्वहरु पनि सांकेतिक रुपमा मात्रै मनाउन आग्रह गरिएको छ ।