ट्राफिक प्रहरीलाई विद्युतीय स्कुटर सहयोग

काठमाडौं । वल्र्डलिङ्क कम्युनिकेशन लिमिटेडले ट्राफिक प्रहरीलाई स्कुटर सहयोग गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा बुधबार आयोजित कार्यक्रममा लिमिटेडका कार्यकारी निर्देशक मनोज अग्रवालले महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईलाई स्कुटरको साँचो हस्तान्तरण गरे ।

कार्यक्रममा कार्यकारी निर्देशक अग्रवालले दैनिक सडक प्रयोगमा हुने समस्या समाधानमा स्कुटरले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले वातावरणमैत्री स्कुटरले ध्वनि प्रदूषण तथा वातावरण प्रदूषणमा समेत योगदान पुग्ने स्पष्ट पारे ।

कार्यक्रममा महाशाखाका प्रमुख भट्टराईले स्कुटरलाई भरपुर उपयोग गरी ट्राफिक प्रहरीको काम कारबाहीमा प्रयोग गरिने बताए । उनले स्कुटरले थप प्रभावकारीरुपमा काम गर्न सहयोग गर्ने र सडक व्यवस्थापन तथा अनुगमनमा सहजता प्रदान गर्ने विश्वाससमेत व्यक्त गरे ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: