शुक्रबार, बैशाख ०७, २०८१

प्रदेश दुईको मुख्यमन्त्रीको कार्यालयमा अख्तियारको छापा

जनकपुरधाम । जनकपुरस्थित प्रदेश दुईको मुख्यमन्त्रीको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । बुधबार आयोगको टोलीले मुख्यमन्त्रीको कार्यालयमा छापा मारेर साइकल खरिद सम्बन्धी कागजात जफत गरेको हो ।

बर्दिबासस्थित आयोगको कार्यालयबाट गएको टोलीले साइकल खरिदबारे कागजात लिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

प्रदेश–२ सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमका लागि ११ करोड १७ हजार मूल्यको साइकल खरीद गरेको थियो । साइकल खरिदमा कम्पनी नखुलाई किनेर भ्रष्टाचार गरेको भन्दै आयोगमा उजुरी परेको थियो । प्रदेश २ सरकारले २०७५ साल मंसिरबाट ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान सुरु गरेको थियो ।