स्वास्थ्य उपचारका लागि माओवादी नेता पुन बैंकक प्रस्थान

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन स्वास्थ्य उपचारका लागि थाइल्याण्डको बैंकक प्रस्थान गरेका छन् । पुन बुधबार बिहान हिमालय एयरलाइन्सको जहाजबाट बैंकक गएका हुन् । नेता पुनको साथमा उनकी पत्नी ओनसरी घर्ती पनि बैंकक गएकी छन् ।

पुनको उपचार बैंककको समितिभेज अस्पतालमा हुने छ । उनी जण्डिस बिग्रिएपछि देखिने एक प्रकारको समस्याबाट लामो समयदेखि पीडित छन् । यसअघि पनि उनको बैंकको समितिभेज अस्पतालमै उपचार गरिएको थियो । पुन दम्पतीलाई बिदाइ गर्न माओवादी नेता शक्तिबहादुर बस्नेत, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: