शनिबार, बैशाख ०८, २०८१

जापान एनआरएनएका पराजित उमेद्धार : आर्थिक हिसाब सुरक्षित छ

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको निर्वाचनमा धाँधली भएको भदै नेपाल सरकार परराष्ट्र मन्त्रालयबाट अब एनआरएनएको संरक्षक परिषदमा उजुरी पुगेको छ ।
एनआरएनएको १०औं विश्व सम्मेलन आगामी महिना अक्टुवर २३–२५ मा काठमाण्डौमा हुने दिन नजिकिदै गर्दा विश्वभरबाट प्रतिनिधि छनोटदेखि एनसिसीका निर्वाचन धाँधलीसहित भएका भनेर उजुरी पर्ने क्रम बढ़दो छ ।
बिवाद रहेका एनसिसिको समस्या समाधान नगरी महाधिवेशन र निर्वाचन रोक़्नका लागि भन्दै परराष्ट्र मन्त्रालयको एनआरनए हेर्ने डेस्क र सर्वोच्च अदालतसम्म उजुरी र मुद्दाका चाङ लागिरहेको बेला फेरि जापानबाट अर्को उजुरी संरक्षण परिषदमा परेको छ ।
गत जुलाई ३० मा सम्पन्न एनआरएनए एनसिसी जापानको निर्वाचनमा मतदाताको मताधिकार बन्चित गरि प्रविधिको दुरुपयोग गरेर आफ्नो पक्षमा निर्वाचनको परिणाम पारिएको भन्दै पराजित उमेदवारहरुले ‘एनआरएन जापानको धाँधलीपूर्ण निर्वाचन रद्द गरियोस्’ भनेर एनआरएनए संरक्षण परिषदमा उजुरी पठाएका छन ।

जापानको निर्वाचनमा ग्रुप मेलहरुको प्रयोग गरि धेरै सदस्यहरुको भोटिंग लिंक एउटै इमेलमा प्राप्त गरि २९०४ मत खसालिएको तथ्य पाइएकोले निष्पक्ष निर्वाचनको भावना विपरित निर्वाचन भएको प्रतिवेदन निर्वाचन समिक्षा समितिले दिएकोले सोही आधारमा सो निर्वाचन रद्द गर्नका लागि पराजित उमेदवारहरुले उजुरी गरेका छन ।

एनआरएनए आईसिसीले यस प्रकरणलाइ गम्भीरता पूर्वक लिदै जापानमा भएको धाँधलीपूर्ण निर्वाचन तत्काल रद्द गरि आइसीसीको अक्टुबरलाई तय गरिएको आसन्न महाधिवेशन र निर्वाचनको लागि बाटो खोल्नु पर्दछ उजुरीमा भनिएको छ ।
साथै एनआरएनए जापानको कार्य समितिको नाममा लेटरप्याड लगायत सामाग्री दुरुपयोग गरि सामाजिक खलबल गरेको आरोप लगाएको छ ।

पराजित उमेद्धारहरुको तर्फबाट संघकी तत्कालिन कोषध्यक्ष कालिका थापा र सह(कोषध्यक्ष सचिन श्रेष्ठले संस्थाको आर्थिक हिसावकिताब सुरक्षित रहेको समेत जानकारी दिएको छ ।
उजुरीको पूर्ण पाठ