शनिबार, बैशाख ०८, २०८१

परराष्ट्रमन्त्रीको शपथ बदरको माग गर्दै सर्वोच्च रिट दर्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले लिएको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । मंगलबार अधिवक्ता विशाल न्यौपानेले कुनै कानुन निर्माण नगरी खड्काले राष्ट्रपति समक्ष शपथ लिएको भन्दै बदरको माग गर्दै रिट दर्ता गरेका हुन् ।

\परराष्ट्रमन्त्री खड्काले संविधानको धारा ८० बमोजिम शपथ लिएको भनिएकोमा उक्त धारामा उल्लेख गरिएको ‘संघीय कानुन बमोजिम’ भन्ने व्यवस्थालाई पालना नगरिएको रिटमा जिकिर गरिएको छ ।

रिटमा कुनैपनि कानुनी व्यवस्था नगरी अथवा कानुनी स्रोतको अभावमा पद तथा गोपनीयताको शपथ गराइएको हुनाले उक्त गैरसंवैधानिक शपथ बदर गरी शपथसम्बन्धी कानुन निर्माण गरी सोही बमोजिम शपथ ग्रहणका लागि आदेश माग गरिएको छ ।