शुक्रबार, बैशाख ०७, २०८१

सरकारमा प्रतिनिधित्व गर्ने ५ मन्त्रीहरूको नाम टुंग्यायो नेकपा एसले, को-को परे ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले गठबन्धन सरकारमा पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूको नाम टुंग्याएको छ । स्रोतका अनुसार आइतबारको गठबन्धन बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नोतर्फबाट सूची बुझाएका हुन् ।
नेकपा एसका एक नेताले विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले र जीवनराम श्रेष्ठको नाम देउवालाई दिएको बताए ।

नेकपा एसले ६ मन्त्रालय पाउँदैछ । बाँकी एकजना भने भवानी खापुङ र किसान श्रेष्ठमध्ये एकलाई पठाउने तयारी छ । सरकारमा जाँदा विरोध खतिवडाले नेतृत्व गर्ने भन्ने टुंगिए पनि पाउने मन्त्रालय भागबण्डा अझै टुंगिएको छैन । ती नेताले मन्त्रालयमा गठबन्धनबीच सहमति भएपछि मात्रै कसले कुन मन्त्रालय पाउने भन्ने विषय टुंगिनेछ ।

सोमबारको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएर भोलिसम्म सरकार विस्तार गर्ने तयारी गरिरहेको छ ।