मृतक जिसीको बिमाबाट प्राप्तमध्ये ५० लाख रकम भण्डारीले दुरुपयोग गरेको आरोप

जापान । एनआरएनए जापानका निवर्तमान अध्यक्ष देविलाल भण्डारीमाथि सडक दुर्घटनामा निधन भएका हृदयेश जिसीको परिवारले बिमा रकम बापत प्राप्त ४९,९६,३५० येन अर्थात लगभग ५० लाख रकम झुटा बिल पेश गरि दुरुपयोग गरेर आफुहरुलाई भुक्तानी नगरेको आरोप लगाएका छन् ।

पिडित जिसी परिवारले शनिबार भर्चुअल पत्रकार सम्मेलन गर्दै मृतकका भाइ मोहन जिसीले आफ्नो दाजुको मृत्यु बापत् जापानको बिमा बापत २ करोड ९६ लाखभन्दा बढि रकम आएपनि देविलाल भण्डारीले हालसम्म १ करोड ९० लाख जति रकम परिवारलाई भुक्तानी गरिएको, १३ लाख नगद देविलाललाई घरबाट नगद नै प्रदान गरिएको गरेर अब ५० लाख रकम भुक्तान गर्न रहेपनि सो रकम भुक्तानी नगर्न अनेक बाहना बनाई रहेकोले तत्काल भुक्तान गर्न आग्रह गरेका छन ।

उनले भने बाकी रहेको रकम तत्काल भुक्तानी गरी सार्वजनिक रुपमा माफी माग्नुस नत्र हामी कानुनी प्रक्रियामा मार्फत सो रकम उठाउन बाध्य हुने बताएका थिए ।

पत्रकार सम्मेलनमा मोहनले नेपालमा फोन गर्दा ३ लाख, नेपालमा परिवारले नै गरेको अन्तिम संस्कारको समेत १ लाख ६७ हजार, भाषा अनुवादका लागि नेपाल र जापानमा गरी १० लाख २० हजार, जापानमा शव व्यवस्थापनका लागि ५ लाख ९० हजार, वकिल खर्चसहित गरि कुल ६९ लाख भन्दाबढि खर्चको विवरण देखाएपनि उक्त रकमका अधिकांश बिल भरपाईहरु नक्कली रहेको समेत आरोप लगाए । उनको आरोप रहेको छ की देविलालले देखाएका अधिकांश बिल भरपाईहरु उनको जापानी व्यावसायीक साझेदार सासाकीको कम्पनीका रहनुले झन बढी आशंका जन्माएको छ ।

आरोपित देविलालले गत मे ३० तारिख दिन जापानमा पत्रकार सम्मेलन गरि आफुले मानवताको नाता र एनआरएनएको जिम्मेवार पदाधिकारी रहेकोले आवश्यक सहयोग पुर्याएको र रकम हिनाबिना र दुरुपयोगमा आफ्नो कुनै संलग्नता नरहेको बताएका थिए ।

त्यस लगत्तै मोहनको परिवारले गाडी खर्च, खाना खर्च लगायतमा आफ्नो निजी खर्च भएको भन्दै घरबाट २०७५ जेड १४ गते १३ लाख नगद देविलाललाई बुझाएका थिए । यो कुरालाई देदिलालले अस्विकार गर्दै आएपनि उनीसँग भएका कुराकानी र मृतकको परिवारले गरेको दाबीका आधारमा सो रकम बुझेको पाइएको छ ।

मृतकको परिवारलाई आवश्यक सहजिकरण गर्दै आएका जापानको गुन्माकेनमा बस्ने बुद्धि शेरचनले हृदयेश जिशीको केशमा वकिल लगाउनु पर्ने नभएपनि देविलालले रकम खानकै लागि वकिल लगाइएको बाहना गरेको आरोप लगाए ।

सडक दुर्घटना भई बापत प्राप्त हुने बिमा रकममा अनियमितता गरेको आरोप खेपिरहेका देविलाललाई आइसिसिको अनुशासन समितिको अर्को निर्णय नहुने अवधिसम्मका लागि अध्यक्ष पदबाट निष्क्रिय राख्न एसिया प्यासिफ़िक क्षेत्रीय संयोजक गोविन्द श्रेष्ठले निर्देशन दिएपछि उनी जापानको एनसिसिको अधिवेशनमा समेत सहभागी हुन पाएका थिएनन् ।
अप्रिल महिनाको १ तारिख एनआरएनए जापानका पूर्व अध्यक्षहरु र जापानबाट एशिया प्यासिफिक तथा आईसिसीमा प्रतिनिधित्व गर्ने व्यक्तिहरुसामु देविलालले १० दिन भित्र आफु निर्दोष रहेको प्रमाण बुझाउन समय लिएका थिए ।

आफैंले मागेको समय भन्दा २ दिन ढिलो गरि उनले तिनै व्यक्तिहरु सामु प्रमाण भन्दै केही कागजात बुझाएका समेत थिए । प्रमाणको रुपमा सडक दुर्घटनामा निधन भएका हृदयेश जिसीको नाममा आएको २६ सय ६९ मान येन रकमको बिल एशिया प्यासिफिक संयोजक गोबिन्द श्रेष्ठ र एनआरएनए जापानका संस्थापक अध्यक्ष राजन प्रधानागंलाई बुझाएको बुझिएको छ । तर त्यसपछि कुनै प्रक्रिया अगाडी नबढाइएको पाइएको छ ।

यता देविलाल भण्डारीले २ करोड ९८ लाख ३८ हजार ९ सय ६२ बिमाबाट प्राप्त भएकोमा १ करोड ८ लाख ७ हजार २ सय ७४ खर्च कटाएर १ करोड ९० लाख ३१ हजार ६ सय ८८ नेपाल मृतकका बुवाको खातामा डिपोजिट गरेको उल्लेख छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: