गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काममा अवरोध नगर्न सरकारलाई पौडेलको चेतावनी

बुटवल । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काममा अवरोध गरिरहेको आरोप लगाएका छन् ।

शनिबार रुपन्देहीको भैरहवामा निर्मित उद्योग व्यापार संगठनको कार्यालय भवनको उद्घाटन गर्दै पौडेलले विमानस्थलको दोस्रो चरणको काम तत्काल अघि बढाउन सरकारसँग माग गरेका हुन् ।

विमानस्थलको काम अघि बढाउन एशियाली विकास बैंक (एडीबी)सँग शिघ्र सम्झौंता गरेर बजेटको आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई आग्रह गरे ।

उनले भने,‘एडीबीसँग सम्झौता भएर अहिलेसम्म अन्तर्राष्ट्रिय बहुवर्षीय ठेक्का आह्वान भइसक्नुपर्ने थियो तर सरकार परिवर्तन भएपछि एडीबीसँग सम्झौता पनि गरिएको छैन । काउन्टर पार्टस् फन्डको निर्णय पनि गरेको छैन । योजनाको काम सरकारले होल्ड गरेर बस्यो ।’

उनले विमानस्थलको दोस्रो चरणको काम अविलम्ब गराउन दवावकारी भूमिका निर्वाह गर्न पनि स्थानीयबासीलाई आह्वान गरे । उपमहासचिव पौडेलले गृहजिल्ला रुपन्देहीलाई देशभरकै नमूना जिल्ला हुने गरी विकास गर्ने र त्यसका लागि आवश्यक बजेटको व्यवस्था आफू अर्थमन्त्री हुँदा गरेको दावी समेत गरे । उनले सिद्धार्थ राजमार्गको स्तरोन्नतिका लागि छुटट्याइएको बजेट सरकारले कटौति गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: