जनकपुर–जयनगर रेल सञ्चालनका लागि तयारी अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग पार्टी उपसभापति विमलेन्द्र निधिले जनकपुर–जयनगर रेल्वे तत्काल सञ्चालनका लागि सरोकारवाला निकायलाई निर्देशन दिन आग्रह गरेका छन् ।

उपसभापति निधिले प्रधानमन्त्री देउवालाई शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर रेल्वे उद्घाटन र सञ्चालनका लागि ध्यानाकर्षण गराएका हुन् ।

प्रधानमन्त्री देउवासँग उनले नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीद्वारा संयुक्त रुपमा रेल्वे उद्घाटनको व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागलाई निर्देशन दिन अनुरोध गरेका उपसभापति निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।

भेटमा प्रधानमन्त्री देउवाले तत्काल रेल्वे सञ्चालनका लागि सम्बन्धित निकायलाई तयारी अघि बढाउन आवश्यक निर्देशन दिने बताएका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: