शुक्रबार, चैत १६, २०८०

थप १४७६ मा कोरोना संक्रमण,९ को मृत्यु, १५५० जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ७८९८७२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १५५० जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७५८५०५ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११०८१ पुगेको छ । क्वारेन्टाइनमा २४४ जना रहेका छन् भने आइसोलेसनमा २०२८७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।