शुक्रबार, बैशाख ०७, २०८१

नारायणहिटी दरबार संग्रहालयको श्रीपेच चोर्न खोजेको अभियोगमा एक युवक पक्राउ

काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा रहेको श्रीपेच चोर्न खोजेको अभियोगमा प्रहरीले एक जना जनालाई पक्राउ गरेको छ । पश्चिम रुकुम मुसिकोट घर भएका २५ वर्षीय खीमबहादुर घर्तीलाई प्रहरीले पक्राउ गरेको हो । उनले संग्राहलय घुम्ने क्रममा आज श्रीपेच रहेको स्थानको सिसा फुटाएर चोर्न खोजेको देखिएको छ ।

त्यस क्रममा सुरक्षामा खटिएका सेनाले उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिएका छन् । घर्तीलाई महानगरीय प्रहरी वृत्त दरमार्गमा राखिएको छ। उनकाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।