शनिबार, बैशाख ०८, २०८१

कांग्रेसको प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रका अधिवेशन दसैँपछि हुने

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तालिका फेरि परिवर्तन हुने भएको छ । बुधबधार सिंहदरबारमा बसेको पदाधिकारी बैठकमा स्थानीय तह र क्षेत्रीय अधिवेशनहरुको कार्यतालिका हेरफेर गर्ने सहमति जुटेको हो ।

दसैँअघि वडा र पालिका अधिवेशन सम्पन्न गर्ने सहमति जुटाएको वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिएका छन् । यसअघि असोज ९ गते सबै स्थानीय तहको निर्वाचन गर्ने तालिका थियो ।

अब ९ गतेसम्म वडा अधिवेशन सकेर दसैँ अघि गाउँ र नगर अधिवेशन सम्पन्न गर्ने निर्णय भएको उनले बताए । अब प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रका अधिवेशन भने दसैँपछि हुनेछन् ।