शुक्रबार, चैत १६, २०८०

भोलि मन्त्रिपरिषद विस्तारः प्रवक्ता महरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले बिहीबार मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । बुधबार पार्टी स्थायी कमिटीको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता महराले आज सत्ता गठबन्धनको बैठक बस्ने र बिहीबार मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिएका हुन् ।

आजको गठबन्धनको बैठकले सरकार सञ्चालन निर्देशिका पारित गर्ने र भोलि मन्त्रिपरिषद् विस्तार हुने उनले बताए । उनले राजनीतिक दलसम्बन्धी अध्यादेशका विषयमा पनि गठबन्धनका नेताहरूले नै निर्णय लिने जानकारी दिए ।

उनले भने,‘अध्यादेश खारेजीको कुरा आइरहेको छ, भोलि नै संसद बैठक पनि छ, त्यहाँ प्रतिस्थापन विधेयक पनि जानसक्छ।’