बिहिबार, बैशाख १३, २०८१

कोरोना संक्रमणबाट ६ जनाको मृत्यु,१६३० जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ७८७८२८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १६३० जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७५५६३० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११०५९ पुगेको छ । क्वारेन्टाइनमा २४३ जना रहेका छन् भने आइसोलेसनमा २११३९ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।