परराष्ट्रमन्त्री खड्काले लिए शपथ

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा.नारायण खड्काले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा बुधबार आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई सपथग्रहण गराएकी हुन् ।

मंगलबार बसेको सत्तारुड दलका शीर्ष नेताहरुको बैठकमा परराष्ट्र मन्त्रालयमा नेपाली काँग्रेसका तर्फबाट मन्त्री बनाउने सहमति पछि प्रधानमन्त्री देउवाले खड्काको नाम सिफारिस गरेका थिए ।

समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामखु अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, मन्त्रीगण, संवैधानिक निकायका उच्च पदाधिकारीलगायत उपस्थित थिए । मन्त्री खड्कालाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले आजै परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी हुन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: