मङ्गलबार, बैशाख ०४, २०८१

कोरोना संक्रमणबाट ५ जनाको मृत्यु, १८३० जना संक्रमणमुक्त

काठमाडौं । देशभर थप एक हजार तीन सय ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी १३ हजार ६ सय २२ जनाको नमुना परीक्षण गर्दा एक हजार तीन सय ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ७५ हजार नौ सय ५९ पुगेको छ ।

यस्तै मंगलबार एक हजार आठ सय ३० जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ५४ हजार पुगेको छ । यस्तै, थप पाँच जना सङ्क्रमितको ज्यान गएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ५३ पुगेको छ । अहिले नेपालमा २१ हजार पाँच सय २४ जना सक्रिय सङ्क्रमित रहेकामा तीन सय ३५ जनाको आईसीयू र एक सय सात जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।