बिहिबार, बैशाख ०६, २०८१

‘कोप २६’ विश्वका लागि महत्वपूर्ण हुने बेलायती प्रधानमन्त्रीको भनाई

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन ‘कोप २६’ विश्वका लागि नै महत्वपूर्ण हुने बताएका छन् ।

राष्ट्रसंघीय मुख्यालय न्युयोर्कमा सम्वाददाताहरुसँगको कुराकानीमा उनले विश्वमा अहिले जलवायु परिवर्तनको पनि ठूलो समस्या रहेको र विश्व नै यो समस्याबाट आक्रान्त भइरहेको भन्दै सम्मेलन यस क्षेत्रको समस्यालाई कम गर्ने विषयमा महत्वपूर्ण रहने बताएका हुन् ।

उनले भने, ‘मलाई लाग्छ यो सम्मेलनमा हामी सबैलाई र विश्वका लागि पनि एक महत्वपूर्ण मञ्च हुनेछ, जहाँ हामीहरुले आफ्ना जिम्मेवारीका बारेमा पनि हामीले एक आपसमा कुरा गर्नेछौँ र हामीले यस विषयमा आवश्यक छलफल र परामर्श पनि गर्न सक्नेछौँ ।’

यस सम्मेलनका अवसरमा विश्वका धनी देशहरुले जलवायु परिवर्तनको असरका बारेमा आफूहरुले गर्नुपर्ने कामहरुको प्रतिबद्धता पूरा गर्ने विषयमा कुराकानी गर्नुपर्ने र यसका साथमा गरिब तथा विश्वमा जलवायु परिवर्तनबाट प्रभावित देश र जनताको लागि पनि सहयोग गर्नुपर्ने प्रतिबद्धताको बारेमा पनि स्मरण गर्नुपर्ने उनले बताए ।