बिहिबार, बैशाख ०६, २०८१

एभरेष्ट स्कुलको पाँचौँ अधिवेशन सम्पन्न, भवन भट्टको अध्यक्षतामा संचालन समिति गठन

जापान । प्रवासमा रहेको एकमात्र नेपाली पाठ्यक्रम तथा अन्तर्राष्ट्रिय पाठ्यक्रममा नर्सरीदेखि कक्षा १२ सम्म अध्यापन हुने विद्यालय एभरेष्ट इन्टरनेशनल स्कुल, जापानको पाँचौँ अधिवेशन सम्पन्न भएको छ ।
सेप्टेम्वर १९ तारिखका दिन विद्यालयका अध्यक्ष भवन भट्टको अध्यक्षतामा सम्पन्न पाँचौँ अधिवेश भएको हो ।
उक्त अधिवेशनले अध्यक्ष भवन भट्टको अध्यक्षतामा १३ सदस्यीय विद्यालय सञ्चालन समिति गठन गरिएको व्यहोरा विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद भट्टले बताउनु भयो । नवनिर्वाचित समितिको पहिलो वैठकबाट कार्यकारी समिति एवम् सल्लाहकार समिति गठन गरिनेसमेत निर्णय गरेको छ ।
अधिवेशनले निवर्तमान सञ्चालक समितिमा सामान्य हेरफेर गरी नयाँ सञ्चालक समिति गठन गरेको छ ।
उक्त अधिवेशनमा विद्यालयको समसामयिक र भावी योजनाबारे विद्यालयका अध्यक्ष भट्टले जानकारी दिनु भएको थियो भने विद्यालय सञ्चालक समितिका उपाध्यक्ष मेघराज नेपालले एभरेष्ट इन्टरनेशनल स्कुलको कम्पनी दर्ता तथा शेयर सम्बन्धी जानकारी दिनु भएको थियो ।
विद्यालयका प्रधानाध्यापक विष्णु भट्टले विद्यालयको शैक्षिक गतिविधिमाथि प्रकाश पार्नु भएको थियो । विद्यालयको अfर्थिक गतिविधि सम्बन्धमा प्रशासनकोतर्फबाट राजकुमार पौडेलले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो ।
हाल विद्यालयमा Kindergarten देखि कक्षा ११ सम्मको कक्षा सञ्चालन भइरहेको उक्त विद्यालयले Cambridge University को प्रतिष्ठित कार्यक्रमकोसमेत सम्बन्धन प्राप्त गर्ने प्रक्रिमा रहेको छ ।
जापानको शिक्षा मन्त्रालयबाट समेत उक्त विद्यालय इन्टरनेशनल स्कुलकोरुपमा मान्यता प्राप्त गर्ने प्रक्रियाको अन्तिम चरणका रहेको जानकारी प्रअले दिनुभयो ।
हाल उक्त विद्यालयमा आंशिक र पूर्णकालीन गरी ४८ जना शिक्षक तथा कर्मचारी कार्यरत छन् ।
उक्त कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष डा. भूपालमान श्रेष्ठले विद्यालयको उत्तरोतर प्रगतिको कामना गर्दै केही व्वस्थापकीय सुधारका बारेका प्रष्ट पार्नु भएको थियो । त्यस्तै गरी उक्त विद्यालयका विद्यार्थीहरुले जापान सरकारबाट पाउने मासिक सुविधा पाप्त गर्दै छन ।
निकट भविष्यमा यो सुविधा कक्षा एकभन्दा माथिका सम्पूर्ण विद्यार्थीहरुले पाउने प्रक्रिया अगाडि बढिरहेको र हाल कक्षा ११ मा नेपालका प्रतिष्ठित विद्यालयका शिक्षकहरुबाट अध्यापन भइरहेको छ । आगामी वर्षहरुमा विद्यालयले आफ्ना शाखाहरु विस्तार गर्दै लैजाने समेत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवन भट्टले जानकारी गराउनु भएको थियो ।
हाल विद्यालयले व्यवस्थित पुस्तकालय, विज्ञान तथा कम्प्युटर प्रयोगशालासमेतको राम्रो व्यवस्था गरेको छ । नेपाल बाहिरको एकमात्र नेपाली एवम् Cambridge University को कार्यक्रमसमेत सञ्चालन गर्ने पहिलो विद्यालयको रुपमा एभरेष्ट इन्टरनेशनल स्कुल जापान स्थापित भएको छ ।

सामाजिक दुरी कायम गरी विद्यालयको सभा हलमा र अनलाइनमार्फत् भएको उक्त अधिवेशन विद्यालय सञ्चालन समितिका कार्यकारी सदस्य कमलचन्द्र अचार्यलेसञ्चालन गर्नु भएको थियो ।