मङ्गलबार, बैशाख ०४, २०८१

ओएनएफ जापान कान्तो तीज नृत्य प्रतियोगिता २०७८ को नतिजा घोषणा, केसीलाई प्रथम पुरस्कार

जापान । हरितालिका तीज २०७८ को अवसरमा प्रवासी नेपाली मञ्च कान्तो क्षेत्रीय कमिटी, जापानले आयोजना गरेको ओएनएफ जापान कान्तो तीज नृत्य प्रतियोगिता-२०७८ को नतिजा घोषणा भएको छ ।
सोमबार एक कार्यक्रमका बीच ओएनएफ जापान कान्तो तीज नृत्य प्रतियोगिता-२०७८ को नतिजा घोषणा भएको हो ।
उक्त कार्यक्रममा नेकपा एमालेकी पोलिटब्यूरो सदस्य तथा प्रतिनिधि सभा सदस्य बिन्दा पाण्डेको प्रमुख अतिथ्यतामा भर्चुअल रूपमा सम्पन्न कार्यक्रमबाट कान्तो मल्टिमिडिया उपाधि २८०० लाईक सहित अन्भि केसीले ५० हजार येन सहित प्रशंसा पत्र पाउनु भएको छ ।
ओएनएफ जापान कान्तो उपाधी १० हजार जापानी येनका दरले ५ जना बिजय हुनु भएको छ जसमा अंजिला श्रेष्ठ,रीयाना श्रेष्ठ,रुविना ठकुरी,स्वीकृती सेडाई,र कृमिका खत्री रहनु भएको छ ।
त्यसै गरि ओएनएफ कान्तो बिशेष हौसला उपाधी ५ जनाले ५ हजारका दरले प्राप्त गर्नु भएको छ जसमा कामना अर्याल,अमृता बास्तोला,रिबिशा थापा,करिस्मा न्यौपाने र गरिमा थापा मगर रहनु भएको छ ।
ओएनएफ प्रतियोगि अभियान उपाधी १८ जना लाई २ हजार एनका दरले १८ जना पुरस्कृत भएका छन् जसमा रिहाना पौडेल,स्मृहा भट्टराई, सुहाना लोहनी,काव्या उपाध्याय,दिपा कुवर,सान्भी,केसी,तारा केसी,सारान्सी पालिखे,अर्पणा घिमिरे,समिक्षा भट्टराई,अप्सरा खत्री,अर्चना घिमिरे,अप्राजिता पाण्डे,आयुषा पाण्डे,सन्ध्या खनाल,आकिमा घिमिरे र स्वीटी घिमिरेले उपाधि पाउनु भएको मंचका अध्यक्ष बुद्धिराज घिमिरेले जानकारी दिनु भयो ।
नतिजा घोषणा साथै नेपाली महिला आन्दोलन, चुनौती र आगामी कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा विशेष अतिथि ओएनएफ आईसिसी अध्यक्ष भक्त गुरुङ, ओएनएफ,जापान पूर्व अध्यक्ष तथा नेकपा एमाले बिदेश बिभाग सदस्य सिर्जना काफ्ले, पुर्वि एशिया कमिटिका ईन्चार्ज भक्त गुरुङ, अतिथिहरुमा सुरेश केसी अध्यक्ष ओएनएफ जापान, सचिव डा सरोज कडेंल,अतिथि तथा बक्तामा डा यमुना कडेंल बागमति प्रदेश योजना आयोग पुर्व सदस्यले शुभकामना सन्देश दिनु भएके थियो ।
ओएनएफ जापान कान्तोका अध्यक्ष बुद्धिराज घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा सचिव मनोज श्रेष्ठले संचालन गरि राम बहादुर घिमिरेले स्वागत तथा धन्यावाद मन्तब्य दिनु भएको थियो ।