शनिबार, बैशाख ०८, २०८१

मोना जापानको सातौं अधिबेशन सम्पन्न, अध्यक्षमा सचिन श्रेष्ठ चयन

बिवेक खड्का, जापान । म्याग्दी जिल्लाबाट जापानमा आइ विभिन्न पेशा, व्यवसायी, अध्ययनमा आबद्द म्याग्देलीहरुको साझा संस्था प्रवासी म्याग्दी नेपाली संघ (मोना) जापानको सातौं अधिबेशन सम्पन्न भएको छ ।
आईतबार टोकियोस्थित बारकाँडे नेपाली रेष्टुरेन्ट शिनओकुबुमा सम्पन्न भएको मोना जापानको केन्द्रीय समितिको सातौ अधिबेशन तथा साधारण सभा सम्पन्न भएको हो ।
अधिबेशनमार्फत २ वर्षे कार्यकालको लागी सचिन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिती चयन भएको छ ।

नवगठित कार्यसमितीकाे बरिष्ठ उपाध्यक्ष दिल केसी (बिशाल), महिला उपाध्यक्ष पबित्रा पुन, क्षेत्रिय उपाध्यक्ष टिका छन्त्याल , उपाध्यक्षहरू हेम कुमार जुग्जाली, ओम प्रकास तुलाचन रहेका छन । संस्थाको महासचिब गणेश श्रेष्ठ, सचिबमा सागर कार्की , कोषाध्यक्ष ज्ञानेन्द्र कार्की, सह-कोषाध्यक्ष खिम बहादुर पुन, महिला संयोजक धना पुर्जा ,युवा संयोजक निराेज पुन, भेगिय स्ंयोजक भुपेन्द्र अर्याल,साँस्कृतिक संयोजक ढक प्रसाद जुग्जाली रहेका छन् ।
त्यसैगरि सदस्यहरुमा दिपक सुबेदी ,सिमन पुन, रेखा केसी, प्रदिप मगर, जिवन थापा मगर र कबिता भट्टचन चयन भएका छन ।

मोना अन्तर्राष्ट्रिय कार्यसमिती अध्यक्ष ओम प्रकाश जुग्जालीको भर्चुअल माध्यम जुम मार्फत प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जापानमा रहेका बिभिन्न संघ संस्थाका अध्यक्षहरु अतिथीका रुपमा सहभागी भएका थिए ।

मोना जापानका अध्यक्ष दीपक कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रम महासचिब गणेश श्रेष्ठले संचालन गरेका थिए । कार्यक्रममा बिभिन्न विभिन्न ब्यक्तित्वहरुले शुभकामना, नृत्य प्रस्तुत र लोक गीत मार्फत मनोरंजनसमेत दिलाएको थियो ।