झलनाथ खनाललाई पदवी दिएकोप्रति सुवास नेम्वाङको आपत्ति

काठमाडौं । संविधान दिवसका अवसरमा गरिएको पदक घोषणाप्रति नेकपा एमालेले आपत्ति जनाएको छ । आइतबार संविधान दिवसका अवसरमा नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा नेता सुवास नेम्वाङले पदक वितरणप्रति आपत्ति जनाएका हुन् ।

उनले केपी ओली सरकारको विरोध गर्नेहरुलाई छानीछानी पदक वितरण गरिएको भन्दै आपत्ति जनाएका हुन् । नेम्वाङले पदक प्राप्त गर्नेहरुलाई पदक अस्वीकार गर्नसमेत आग्रह गरेका छन् ।

उनले नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई पदक दिएको प्रति आपत्ति जनाए । उनले भने, ‘एकजना नेता दिल्लीमा बसेर पार्टी फुटाउन सक्रिय हुनुहुन्थ्यो । उहाँले पदक पाउनु भएछ । यो भन्दा अचम्म के हुन्छ ?’

उनले केपी ओली सरकारविरुद्ध मुद्दा हाल्ने कानुन व्यवसायी, फैसला गर्ने न्यायाधीशलाई पदक दिएको भन्दै आपत्ति जनाए ।

उनले भने, ‘केपी ओली सरकारविरुद्ध मुद्दा हाल्ने र संवैधानिक इजलासमा बस्ने न्यायाधीशले पदक पाउनुभयो । म त्यस्तो आरोप लगाउदिन । पारी चितुवा करायो वारी सिंगारी हरायो भन्ने चिन्ता हो । यो ठीक होइन । माननीय न्यायाधीशलाई आदर गर्छु । यहाँहरुलाई तुरुन्तै पदक अस्वीकार गर्न आग्रह गर्छु ।’

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: