बिहिबार, बैशाख १३, २०८१

कैलाश बुढाथोकीको नेतृत्वमा क्युस्यु नेप्लिज वेलफियर सोसाईटीको गठन

जापान । फुकुओका स्थित किताक्युस्यु कोकुरामा नेपाली समुदायलाई एकिकृत गर्ने उद्देश्यले उक्त क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले क्युस्यु नेप्लिज वेलफियर सोसाईटीको गठन गरिएको छ ।
शनिबार एक कार्यक्रमको आयोजना गरी नवगठित क्युस्यु नेप्लिज वेलफियर सोसाईटिको औपचारिक उदघाटन गरिएको हो ।
गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदका निवर्तमान सदस्य तथा आगामी कार्यकालका एसिया प्यासिफिक क्षेत्रका उप–संयोजकका उम्मेद्धार टंक गैरेको प्रमुख अतिथिमा प्रत्यक्ष तथा जुम भर्चुअल मार्फत नेपाली समुदायलाई एकताबद्ध गर्ने उद्देश्यले उक्त संस्थाको गठन गरेको हो ।
भिजन अनलाईन न्युजको कार्यकारी निर्देशक तथा नेपाल आदिबासी जनजाति महासंघ, क्युस्यु क्षेत्रिय कार्यसमितिका सचिब सन्तमान शाक्यको पहलमा त्यहाँका नेपाली युवा युवती लगायतका नेपाली समुदायलाई एकताबद्ध गरी उक्त संस्थाको स्थापना गरिएको हो ।

सन्तमान शाक्यको संरक्षण र कैलाश बुढाथोकिको नेतृत्वमा क्युस्यु नेप्लिज वेलफियर सोसाईटि गठन गर्न सफल भएको हो ।
बिगत लामो समयदेखि किताक्युस्यु, कोकुरामा बसोबास गर्दै आईरहेका नेपाली समुदायहरुको उपस्थितिमा एक औपचारिक कार्यक्रम गरी जापान सरकारको कोभिड नियन्त्रणका मापदण्डको पालना गरी सम्पन्न गरिएको थियो ।
घोषणा कार्यक्रममा जापानस्थित विभिन्न् संघसंस्थाको उपस्थित प्रमुख अतिथि, बिशेष अतिथि, अतिथिहरूले शुभकामना मन्तव्य राख्दै किताक्यूशुमा नेपालीहरुलाई एकताबद्द गर्ने उद्देश्यले क्यूशु नेप्लिज वेलफिअर सोसाईटी गठन गर्न सफल भएको सम्पूर्ण टीमलाई बधाई तथा कार्यकालको शुभकामना दिएका थिए ।

नवगठित क्युस्यु नेप्लिज वेलफियर सोसाईटि हाललाई १६ सदस्यीय कार्यसमिति गठन गरिएको छ भने आजको कार्यक्रममा सहभागि भएका मध्ये अधिकांशको पनि संस्थामा जोडिन ईक्छुक देखिएकोले संस्थाको पहिलो औपचारिक बैठकबाट अन्य ३ जनालाई कार्यसमितिमा जोडिने भएको छ ।

औपचारिक कार्यक्रमबाट उक्त संस्थाको संरक्षकको भूमिकामा भिजन अनलाईन न्युजका कार्यकारी निर्देशक सन्तमान शाक्य रहेको छ भने उक्त संस्थाको अध्यक्षमा भने कैलाश बुढाथोकी निर्बिरोध निर्वाचित भएका छन ।
उक्त संस्थामा उपाध्यक्षमा भने सुमन वाईबा, महिला उपाध्यक्षमा सोफिया मगर, महासचिबमा शिला मल्ल ठकुरी, सचिबमा अञ्जन शर्मा, कोषाध्यक्षमा बिशाल गिरी निर्वाचित भएका छ । उक्त संस्थाको सदस्यमा भने राजन कुमाल, प्रल्हाद रिजाल, सुजन राई, बिकास कार्की, प्रमे आचार्य, बिजय राई बिर्वाचन भएका छन । सल्लाहकारको भूमिकामा भूपेन्द्र बहादुर बोट, प्रकाश खड्का र सुदिप शिलाकार निर्वाचित भएका छन । नवगठित कार्यसमिति औपचारिक घोषणा कार्यक्रममा मार्फत प्रमुख अतिथि टंक गैरेको उपस्थितिमा पद तथा गोपनियताको सपथ गराउनु भएको थियो ।