शुक्रबार, बैशाख ०७, २०८१

जापानले नेपालसहित अन्य देशमा लगाएको प्रबेश प्रतिबन्ध हटाउने, सेप्टेम्बर २० बाट प्रबेश पाउने

टोकियो । कोरोना भाईरसको कहरले लामो समयअघिबाट जापान सरकारले लगाएको प्रबेश प्रतिबन्ध हटाउने भएको छ ।

कोरोना संक्रमणलाई बढ्न नदिने भन्दै नेपालसहित विभिन्न ४४ वटा देशका आगन्तुकहरुमाथि लगाएको प्रवेश प्रतिबन्ध हटाउने भएको हो ।

जापानस्थित विदेश मन्त्रालयले शुक्रबार आफ्नो होमपेजमार्फत सूचना जारी गर्दै नेपाल लगायत अफगानिस्तान, भारत, श्रीलंका, बंगलादेश, माल्दिभ्ससहित ४४ देशमा लागि पुन प्रवेश प्रतिबन्धलाई सेप्टेम्बर १९ तारिख राती १२ बजेदेखि हटाउन लागेको उल्लेख गरेको छ । २० तारिखबाट मात्र प्रवेश अनुमति दिइने बताइएको छ ।
रि-इन्टी अनुमति भएका आप्रवासीहरुको लागि जापान प्रबेश गर्न अनुमति दिन लागेको हो ।
आगन्तुकहरुलाई प्रवेशमा अनुमति दिइएपनि क्वारेन्टिनको नियमलाई भने कडाईका साथ लागु गरिने जारी सूचनामा उल्लेख गरिएको छ । जापान प्रवेश गर्ने आगन्तुकहरुलाई प्रवेशमा अनुमति दिइएपनि क्वारेन्टिनको नियमलाई भने कडाईका साथ लागु गरिने जारी सूचनामा उल्लेख गरिएको छ ।
जापान प्रवेश गर्ने आगन्तुकले जापान सरकारले तोकिएको होटलमा ३ दिन सम्म अनिवार्य क्वारेन्टिन बस्नुपर्ने भनिएको छ । क्वारेन्टिनको ३ दिनमा कोरोना संक्रमणको परिक्षण पीसीआर गरिनेछ, परिक्षणमा कोरोना संक्रमण पिसीआर नेगेटिभ आएको खण्डमा कुनैपनि सवारीका साधनमार्फत आगन्तुक आफ्नो घरमा जानसक्ने र घरमा पनि ११ दिनसम्म क्वारेन्टिन बस्नुपर्ने उल्लेख गरिएको छ ।
सबै गरेर १४ दिनको क्वारेन्टिन बसाईपछि मात्र आगन्तुक बाहिर निस्कन सक्ने बताइएको छ ।

हालैका दिनमा जापान प्रवेश नखुल्दा सयौं नेपालीहरु तेस्रो मुलुकमा १४ दिन क्वारेन्टिन बसेर जापान आउन थालेका थिए ।
जापानमा पाचौ लहरको कोरोना संक्रमण नियन्त्रण उन्मुख तथा नेपालमा समेत कोरोना संक्रमण घट्दो र कोरोना भाइरस विरुद्वको खोप लगाउनेको संख्या बढेपछि जापानले आवासीय भिसा बाहेकको प्रवेशलाई खुला गरिएको बुझिएको छ ।
जापानले गतवर्षको मे महिनादेखि भारतसहित १० देशबाट आउने आगन्तुकहरुमा प्रवेश प्रतिबन्ध लगाएको थियो ।