बिहिबार, बैशाख १३, २०८१

पूर्व स्वास्थमन्त्री अधिकारीद्वारा टोयोटा मोटर कम्पनीको अवलोकन

जापान,२० फागुन । पूर्व स्वास्थमन्त्री तथा नेकपा एमाले केन्द्रिय सल्लाहकार सदस्य खगराज अधिकारीले टोयोटा मोटर कम्पनीको अवलोकन गर्नुभएको छ ।

प्रवासी नेपाली मंच जापान चुबु समन्वय कमिटीको आयोजनामा भोली मार्च ४ तारिखको दिन सम्पन्न हुन गईरहेको प्रथम अधिबेशन तथा अन्तरकृया कार्यक्रमलाई प्रमुख अथितीको रुपमा संबोधन गर्नका लागी जापान पाल्नु भएका पूर्व स्वास्थमन्त्री तथा नेकपा एमाले केन्द्रिय सल्लाहकार सदस्य खगराज अधिकारीले टोयोटा मोटर कम्पनीको अवलोकन गर्नुभएको हो ।

प्रबासी नेपाली मंच जापानको स्थानिय टोयोटा कमिटीमा आबद्ध पदाधिकारी तथा टोयोटा बासीको अनौपचारिक भेट्घाट तथा चियापान कार्यक्रममा सहभागी हुन धर्मपत्नी श्रीमती रोमा पाण्डे संगै हिजो टोयोटा आई पुग्नु भएको थियो ।
प्रवासी नेपाली मंच (ओएनएफ) राष्ट्रीय कमिटीका कार्यबाहक अध्क्षय बलराम भुषाल , सद्स्य राजेन्द्र थापा ,अर्थ बिभाग उप-प्रमुख जयराम पौडेल र अनु सुबेदी पौडेल लगायतको एक समुहले टोयोटा मोटर कर्पोरेशनको अबलोकन गर्ने क्रममा पूर्वमन्त्री अधिकारीले प्रवासी नेपालीहरुले जापानको टेक्नोलोजी नेपाल भित्र्याई समृद्ध नेपाल निर्माणमा बिशेष भूमिका खेल्न आह्वान गर्नुभयो ।
उहाँले घरवासी र प्रवासीको संयुक्त प्रायसबाट मात्र नेपालको समृद्धि र दिगो बिकास संभव भएकोले सबैले त्यस कुरामा ध्यान दिई अगाडि बढ्न प्रेरित गर्नुभएको थियो ।IMG_9023