शनिबार, बैशाख ०८, २०८१

कोरोना संक्रमणबाट १९ जनाको मृत्यु, १५८९ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार पाँच सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार पाँच सय ६२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या आठ लाख ६६ हजार नौ सय पाँच पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १५८९ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७४२३०६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०९८४ पुगेको छ । क्वारेन्टाइनमा २६२ जना रहेका छन् भने आइसोलेसनमा २६२०२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।