एकीकृत समाजवादी रोजेका सांसद पाण्डे र भट्टलाई कारबाही नगर्न सर्वोच्चको अन्तरिम आदेश

कठमाडौं । नेकपा एमाले छाडेर एकीकृत नेकपा समाजवादी पार्टी रोजेका प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टलाई मुद्दा नटुंगिएसम्म कारबाही नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

मंगलबार न्यायाधीश ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले यस्तो आदेश दिएको हो। दलमा आवद्ध हुन पाउने हकमा असर पर्ने गरि कुनै कारबाही नगर्न सर्वोच्चले एमाले लगायत विपक्षीका नाममा अन्तरिम आदेश दिएको हो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: