संसद बैठक असोज ४ गतेसम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ । मंगलबार एमालेको अवरोधकै बीच प्रतिनिधिसभाको बैठक सुरु भएको थियो । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।

उक्त प्रस्ताव माथिको छलफलमा नेमकिपाका सांसद् प्रेम सुवाल सहभागी भएका थिए । एमाले अवरोधकै बीच विनियोजन विधेयक,२०७८ बहुमतले पारित भएको छ । मंगलबारको बैठकमा संविधानसभा सदस्य मनबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित गरिएको थियो ।

बैठमा एमालेको अवरोध कायमै रहेपछि सभामुखले असोज चार गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् । प्रतिनिधिसभाको नवौं अधिवेशन भदौ २३ गते सुरु भएयता एमालेले लगातार अवरुद्ध गरिरहेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: