शुक्रबार, चैत १६, २०८०

आगामी निर्वाचनमा जसपा बलियो बैकल्पिक शक्तिको रुपमा उदय हुने : डा.भट्टराई

जापान । जनता समाजवादी पार्टी नेपालको प्रवास विशेष प्रदेश समितिले आयोजना गरेको संगठनका सुदृढीकरण तथा जनजागरण (सुज) अभियान तथा अभिमुखिकरण कार्यक्रम भर्चुअल माध्यमबाट आईतवार सप्पन्न भएको छ ।

काठमाडौ स्थिति होटेल इन्द्रेणी फुडल्याण्ड दिप प्रजवलन गरि राष्ट्रिय गान सहित ज्ञात अज्ञात सहिदहरु प्रती १ मिनेट मौन धारण गरि कार्यक्रम सुरुवात गरेको थियो । उक्त कार्यक्रम प्रवास विशेष समितिका अध्यक्ष लन्डनबाट धनबहादुर गुरुङको सभापतित्वमा भएको थियोे भने जसपाका शिर्ष नेता एव पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रमुख आतिथी रहनु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै डा. भट्टराईले संघीय गणतन्त्र र समावेशीकरण सहित आन्दोलनका उपलब्धिहरुको रक्षा जसपाले मात्र गर्न सक्ने दाबी गर्दै उनले अगामी निर्वाचनमा जसपा बलियो बैकल्पिक शक्तिको रुपमा उदय हुने विश्वास व्यक्त गरे ।

कार्यक्रमको विशिष्ट अतिथि एव जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी ओली र महन्थ,महतो समूह प्रतिगमनको उत्तराधिकारी भएको टिप्पणी गरेका छन । ओली-ठाकुर समुह गणतन्त्रसहितको उपलब्धि मास्ने दिशामा अघि बढेको उनीहरु सत्ताच्युत भएर जनतामा नाङ्गिएको टिप्पणी गरे ।

कार्यक्रममा जसपाका शिर्ष नेता अशोक राई ,राजेन्द्र श्रेष्ठ ,महेन्द्र राय यादव , प्रवास इन्चार्ज तथा केन्द्रिय सदस्य आङ काजी शेर्पा ,शुशिला श्रेष्ठ आमन्त्रित रहेका थिए । सुज अभियानका संयोजक इजरायलबाट सुन्दर सिंह लामा बाट अभियान बारे जानकारी गराइएको थियो भने , नेपाल मा व्यवस्थापन सम्बन्धि को जिम्मा प्रबिप्र समिति उपाध्यक्ष पार्वती थापा मगर (अमेरिका) सहित को बाक्लो उपस्थिति भने प्रत्यक्ष रुपमा होटेल इन्द्रेणी मा रहेको थियो तथा प्रवास का १८ देशमा रहेका नेपाली समाजका अध्यक्ष ज्यूहरु, प्रतिनिधि ज्यु हरु, तथा प्रबिप्र समितिका पदाधिकारी, प्रतिनिधि ज्यु हरुको प्रत्यक्ष तथा भर्चुअल मा भारि उपस्थिति रहेको थियो , प्रशिक्षण विभागका संयोजक देर राज गुरुङ ले आफ्नो शुभकामाना सहित को मन्तब्य राखेका थिए भने त्यसै गरि प्रवास बिशेष प्रदेश समिति का केन्द्रिय सदस्य , इन्चार्ज , सह इन्चार्ज हरु , सल्लाहकारहरु र संघिय परिषद सदस्य हरुको भर्चुअल तथा स्थानिय स्तर मा निकै उत्साहपूर्ण रहेको थियो ।

पार्टी सुदृढीकरण, संगठन विस्तार एव जनजागरण (सुज) अभियानमा आईतवार भर्चुअल ( जुम) मार्फत प्रवास विशेष समितिद्वरा आयोजित सप्पन्न कार्यक्रमको उदघोषक प्रवास विशेष समिती हङकङका सचीव मनोज गौतम ले संचालन गरेका थिए भने , कतारबाटसचिव मनिष यादव ले सह संचालन तथा मोनिटरिङ्ग गरेका थिए त्यसैगरी दुबईबाट म्यानुट राख्ने जिम्मा सचिव प्रमोद श्रेष्ठले गरिरहेका थिए ।

निकै नै उत्साहपूर्ण तरिका बाट विश्व भरका जसपा शुभचिन्तक अभियन्ता तथा प्रबिप्र समिति र नेपालि समाज हरुका प्रतिनिधि हरुको उपस्थिति रहेको र प्रवास प्रदेश समितिद्वारा गरिएको कार्यक्रम समग्र मा प्रबिप्रस ले आयोजना गरेका थिए ।
प्रबिप्र समिति अन्तर्गत विश्व भरका १८ भन्दा बढि देश हरुमा नेपालि समाजहरु जोडिएर रहेका छन् १६० जना भर्चुअल उपस्थित र ५० जनाको भौतिक उपस्थित पनि थियो भन्ने समेत जानकारी जसपा प्रबिप्र समितिका महिला बिभाग संयोजक सरिता ढकालले जानाकारि दिनु भयो ।