शनिबार, बैशाख ०८, २०८१

एनआरएनए जापानको लाखौं रकम दुरुपयोग गरेको आरोप : कोष दुरुपयोग गर्ने बिरुद्ध मुद्धा गर्ने तयारी

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानको एक पछी अर्कों विबाद सुरु भएको छ । एनआरएनए जापानको गत जुलाई ३० मा सम्पन्न १०औं महाधिबेशनबाट निर्वाचित भई आधिकारिक रुपमा २०२१-२०२३ कार्यकालको सुरुवात भई सकेको अबस्थामा विजयी टीम र पराजित हुनेहरु बीचको कुरा नमिल्दा विबादले झन उग्र रूप लिएको हो ।

निर्वाचन सम्पन्न भई कार्यसमिति गठनको निमित्त निर्वाचन प्रकृयामा सहभागी भई सहयोग गर्नु हुने सम्पूर्ण गैरआवासीय नेपाली संघ जापानमा आबद्ध महानुभाबहरुलाई एनआरएनए जापानले हार्दिक धन्यवाद ज्ञापन समेत गरेको छ ।

एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेल र महासचिव सिद्धार्थ श्रेष्ठले आज एक विज्ञप्ति प्रकाशन गरि एनआरएनए जापानको २०२१ २०२३ कार्यकालको निर्वाचन भन्दा अगाडी देखि नै केहि व्यक्तिहरुले निर्वाचन नै बिथोल्ने गरी विभिन्न खालका हर्कतहरु गरेको विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा उल्लेख गरे अनुसार मनोमानि रुपमा छानबिन समिति निर्माण गर्दै छानबिनको नाममा संस्थाको लाखौ रुपैया (येन) पैसा दुरुपयोग समेत भएको भन्ने जानकारि प्राप्त भएको छ। संस्थाको पैसा जापानबासी नेपालिहरुको सामूहिक सम्पति हो र यसको दुरुपयोग गर्नेहरु सामाजिक अपराधिहरु र यो सरासर कोषको दुरूपयोग हो । यसको ज़िम्मेवारी निवर्तमान कोषाध्यक्षको रहने हुदाँ यस प्रति खेद प्रकट गरेको छ ।
जापानमा दर्ता भएर संचालन भएको संस्था हो एनआरएनए जापान । हामी जापानको कानुन अनुरुप संस्थाको कोष दुरुपयोग बिरुद्धको मुद्धा गर्ने पनि जापानबासी नेपालीहरुलाइ जानकारी गराएको छ ।
निवर्तमान कार्यसमितिको अध्यक्ष एवं महासचिबले बुझ-बुझारथ गरिसकेको अवस्थामा केन्द्रिय समितिको कार्यलयमा बिना जानकारी छापामार शैलीमा कार्यालय प्रबेश गरेको विषयप्रति हाम्रो केन्द्रिय कार्यसमिति र क्षेत्रिय समितिकोहरूको गम्भीर ध्यानाकर्षण भएको छ ।
सामाजिक संस्थामा यस किसिमको गतिबिधिहरू र अराजक क्रियाकलापहरू तत्काल बन्द गर्न सम्बन्धित सबैमा अनुरोध गरेको छ ।
यस्तो छ विज्ञप्ति