बिहिबार, बैशाख ०६, २०८१

परराष्ट्रले भन्यो : निर्वाचन सम्बन्धि प्रकृया रोक्नु, एनआरएनए अधिवेशन रोकिन्न : महासचिव डा. शर्मा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए आईसीसी) को आगामी निर्वाचन प्रतिनिधि विवादका कारण निर्वाचन सम्बन्धी प्रक्रिया अगाडि नबढाउन परराष्ट्र मन्त्रालयले निर्देशन दिएको छ ।

एनआरएनएको विभिन्न देशका शाखाहरूबाट पठाइएका प्रतिनिधि गैरकानूनी भएको भन्दै परराष्ट्र मन्त्रालयमा उजुरी दर्ता गरेपछी उक्त उजुरीको आधारमा निर्वाचन सम्बन्धी प्रक्रिया रोक्न निर्देशन दिएको हो ।
मन्त्रालयले एनआरएनएमा पछिल्लो समय बढ्दो डेलिगेट्सको विवाद निरुपण नभएसम्मको लागि निर्वाचन सम्बन्धी प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएको छ ।

यसअघि मन्त्रालयमा विधानविपरीत केन्द्रीय प्रतिनिधीको नामावली प्रकाशन गरिएको भन्दै १० औं विश्व सम्मेलन रोक्न माग गर्दै उजुरी परेको थियो । उजुरीमा विधान विपरीत आएका प्रतिनिधिलाई मान्यता दिएको र एनआरएनए एनसीसीहरुले विधानसम्मत रूपमा चयन गरी पठाएको डेलिगेट्सहरुको नामावली सचिवालयले आफूखुसी हेरफेर गरेको भन्दै निर्णय नसच्चिएसम्म विश्व सम्मेलन रोक्न माग गरिएको थियो ।

एनआरएनएका विभिन्न २५ देशका अध्यक्ष तथा प्रतिनिधिहरुको नाम संलग्न गरि उजुरी गरिएको थियो । सोही उजुरीको आधारमा मन्त्रालयका सह–सचिव भरतकुमार रेग्मीको संयोजकत्वमा गठन गरेको छानवीन कमिटीले प्रतिनिधि विवाद नटुँगिदासम्म निर्वाचन स्थगित गर्न निर्देशन दिएको हो ।

एनआरएनएको निर्वाचन केही समयका लागि स्थगित गर्ने निर्णय सामान्य प्रक्रिया हो । ‘उजुरी परेपछि छानवीनका लागि केही समय लिने प्रावधान सामान्य हो । तीन जना सदस्यले विधान विपरित प्रतिनिधि सिफारिस र चयन गरिएको भन्दै निवेदन हाल्नु भएको रहेछ । प्रक्रियाका लागि हामीले केही समय स्थगित गर्ने निर्णय गरेका हौं,’ श्रोतले भन्यो, ‘एनआरएनए नेतृत्वले विधान विपरित प्रतिनिधि सिफारिस र चयन भएको छैन भन्ने प्रमाण ल्याएको खण्डमा स्वघोषित मितिमा निर्वाचन हुने जनाएको छ ।

एनआरएनए उपाध्यक्ष डा.बद्री केसी र महासचिव डा. हेम राज शर्माले अनावश्यक राजनीतिक हस्तक्षेप स्वीकार्य नभएको भन्दै विधानविपरीत आएको निर्देशनलाई मान्नैपर्छ भन्ने नभएको जिकिर गरे । बैठकमा केसी र शर्माले मन्त्रालयले कुनै अमूक राजनीतिक पार्टीको दबाबमा सो पत्र पठाएको पनि आरोप लगाए ।
एनआरएनए अमेरिकाका सल्लाहकार बेदप्रसाद खरेल, कतारबाट आइसीसी सदस्य नवराज ओली (शनि ओली) र आइसीसी पूर्व सचिव जानकी गुरुङ लगाएतले उजुरी दिएका थिए ।

पराष्ट्रको निर्वाचन सम्बन्धि सम्पूर्ण काम हालको लागि स्थगित गरेसँगै आज साझँ एनआरएनएको आइएस बैठकमा परराष्ट्र मन्त्रालयले पठाएको पत्र विधानविपरीत भएको र त्यसको प्रतिवाद गर्न एनआरएनएमा ठाडो राजनीतिक हस्तक्षेप हुन लागेको आरोप लगाएको छ ।

एनआरएनए उपाध्यक्ष डा.बद्री केसी र महासचिव डा. हेम राज शर्माले अनावश्यक राजनीतिक हस्तक्षेप स्वीकार्य नभएको भन्दै विधानविपरीत आएको निर्देशनलाई मान्नैपर्छ भन्ने नभएको जिकिर गरे । बैठकमा केसी र शर्माले मन्त्रालयले कुनै अमूक राजनीतिक पार्टीको दबाबमा सो पत्र पठाएको पनि आरोप लगाए ।

एनआरएनए प्रतिनिधि मण्डलले दुई तिन दिनमै परराष्ट्र अधिकारीसँग छलफल गर्ने र विवादलाई हल गर्ने बताए ।

एनआरएनएको चुनावमा प्रतिनिधि भएर आउने नेतृत्वको सम्बन्धमा यसअघि नै एनआरएनएले स्पष्ट पारिसकेको छ । संघका प्रवक्ता डिबी क्षेत्रीले विधान अनुसार नै प्रतिनिधि चयन भएर आएको स्पष्ट पारिसकेका छन् ।

एनआरएनएको आसन्न चुनाव कुनैपनि हालतमा रोकिन्न : महासचिव डा.शर्मा गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेमराज शर्माले एनआरएनएको आसन्न चुनाव कुनैपनि हालतमा नसर्ने बताएका छन् ।
महासचिव डा.शर्माले आफ्नो अनुकुल नतिजा नआउने देखेपछि राज्य संयन्त्रको दुरुपयोग गरेर मन्त्रालयमाथि चिठी लेख्न दबाब दिइएको बताए ।
चुनाव रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा उजुरी गर्न दिएको असन्तुष्ट समूहप्रति लक्षित गर्दै डा. शर्माले शक्ति र सत्ताका भरमा मन्त्रालयलाई प्रभावित पार्न खोज्नु दुर्भाग्यपूर्ण रहेको बताए ।
मन्त्रालयले महाधिवेश प्रतिनिधि चयनमाथि प्रश्न उठाउँदै तत्कालका लागि चुनाव स्थगन गर्न आग्रह गरेपनि ती समस्या टुंग्याएर चुनाव गरिने बताए ।