शुक्रबार, चैत १६, २०८०

पिलो फुटेर गएकाले अब पार्टी स्वच्छ बन्ने एमाले सचिब गुरुङको दाबी

पोखरा । नेकपा एमालेका केन्द्रीय सचिव तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टी फुटाएर माधवकुमार नेपालको नेकपा एकिकृत समाजवादीमा जानेलाई पिलोको संज्ञा दिएका छन् ।

तनहुँको एमालेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गुरुङले पिलो फुटेर गएकाले अब पार्टी स्वच्छ बन्ने दाबी गरे । एमालेको ‘नवौ महाधिवेशन पछि पार्टीमा पिलो बढेर गएको थियो । त्यो पिलोले यति दुख दियो, माओवादी केन्द्रसँगको एकतापछि पिलो हराउँछ की भनेको झन बढ्न थाल्यो । त्यो पिलो फुटेर गयो । अब स्वच्छ बन्छ होला नेकपा एमाले ’, उनले भने ।

शरिरको पिलो फुटेर जादैमा चिन्ता लिन नपर्ने उनको जिकिर छ ।गण्डकीमा एक हजार सात सय ६० मध्ये ३८ जना पिलोको पिप बगेर गएका छन्’, उनले भने । करकाप र झुक्काएर लगिएकाहरु फेरी पार्टीमा फर्कने उनको विश्वास छ ।
नेपाली जनताको ईच्छा र आवश्यकता पुरा गर्न नभई माधव नेपालले कांग्रेस र माओवादीको ईच्छा पुरा गर्न पार्टी फुटाएको उनको आरोप छ ।

कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटि सदस्य किरण गुरुङले समाजवादीमा गएका जनप्रतिनिधी मुलधारमा फर्किए पार्टीले स्वागत गर्ने बताए ।
जुन दिन फर्कन्छन् हाम्रो पार्टीले स्वागत गर्छ ।’ उनले नेपालको शिर ठाडो पार्ने नेता केपी मात्रै भएको बताए ।

तनहुँलाई आगामी निर्वाचनमा लाल किल्ला बनाएरै छाड्ने उनको उद्घोष छ । दुई चार जना तल माथी हुदैँमा पार्टीलाई केही फरक नपर्ने उनको दाबी छ ।