बिहिबार, बैशाख १३, २०८१

एनआरएनए आईसीसी सह-कोषाध्यक्षमा जापानबाट नारायण सुवेदीले उमेदवारी दिने

जापान । गैरआवासीय नेपाली संघ( एनआरएनए आईसीसी) अन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी कार्यकालको लागि सह-कोषाध्यक्षमा नारायण सुवेदीले उमेद्वारी दिने घोषणा गर्नु भएको छ ।

स्मार्ट एनआरएनए सहित आर्थिक पारदर्शिता, राष्ट्रमा लगानी अनि समावेशी मेरो प्रतिवद्दता भन्ने नारा सहित ब्यवसायी सुवेदीले एनआरएनए आईसीसीको सह-कोषाध्यक्षमा उमेदवारी घोषणा गरेका हुन ।

जापानबाट विभिन्न देशहरुमा गाडीहरु एक्सपोर्ट ब्यवसायमा सफलता प्राप्त गरेका सुवेदी सामाजिक सेवामा पनि विगत लामो समयदेखि क्रियाशिल रहेका छन् ।

सुवेदी नेपाली कांग्रेसको प्रवास संगठन जनसम्पर्क समिति जापानका पूर्वसभापति समेत हुन् ।

सुवेदी गैरआवासीय नेपाली संघ आईसीसीमा जापानबाट सदस्य रही कार्यकाल सम्पन्न गरेका छन् । आगामी कार्यकाल २०२१-०२३ को लागि जापानबाट सुवेदी सहित गोविन्द श्रेष्ठले उमेदवारी घोषणा गरिसकेका छन ।

नेपालको शंकर देव क्याम्पसबाट एमबिए गरेको र आर्थिक कारोबारमा राम्रो अनुभव भएका कारण एनआरएनएमा आर्थिक पारदर्शी बनाउने जनाएका छन ।

जापानमा समाज सेवा एवं सक्रिय भएकोले आइसीसी सहकोषाध्यक्ष पदमा सबैको साझा एनआरएन, विश्वास एवं उत्कृष्ट सामाजिक संथा बनाउँदै एकतासहित आर्थिक पारदर्शिता बनाउन आपनो उम्मेदवारी दिएको सुवेदीले बताए ।

एनआरएनए आईसीसीको विश्व सम्मेलन आगामी अक्टोबर महिनाको अन्तिम साता हुने घोषणा गरिसकेको छ ।