बिहिबार, बैशाख १३, २०८१

एमालेद्वारा संसद बैठक अवरुद्ध, सभाभुखविरुद्ध होहल्ला र नाराबाजी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । शुक्रबार बैठक शुरु हुनासाथ एमालेका सांसदहरुले वेल घेराउ गर्दै सभामुखविरुद्ध नाराबाजी गरेका छन् ।

उनीहरुले सभामुखको आसनअघि पुगेर संसदीय मर्यादा कायम गर, संवैधानिक सर्वोच्चता कायम गर, पार्टी फुटाउन पाइदैन भन्ने नारा लगाएका थिए ।

सभामुखले बैठक संचालनका लागि पटक पटक आग्रह गर्दा पनि नाराबाजी नरोकिएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् । यसअघि बुधबार पनि एमालेले सभामुखको भूमिका माथि प्रश्न उठाउँदै बैठक अवरुद्ध पारेको थियो । एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर एमाले विभाजन गर्न भूमिका खेलेको भन्दै एमालेले सभामुखमाथि प्रश्न उठाएको छ ।