राष्ट्र हितविपरीतका कुनै पनि अनुदान स्वीकार्न नसकिने : माधव नेपाल

 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्र हितविपरीतका कुनै पनि अनुदान स्वीकार्न नसकिने बताएका छन्।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहीबार अपरान्ह भएको भेटका क्रममा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसनबारे नेपालमा अनेक प्रश्न र विवाद जन्मिएकाले अहिलेकै अवस्थामा स्वीकार्न नसकिने बताएका हुन्।

एमसीसी उपाध्यक्ष फातिमा सुमारसहितको टोलीसँग भएको छलफलका क्रममा अध्यक्ष नेपालले देशबासीबीच उब्जिएका थुप्रै प्रश्नको जवाफ खोजेका थिए।

छलफलमा सहभागी समाजवादीका नेता डा. गंगालाल तुलाधरले बताए अनुसार नेता नेपालसँगको भेटमा एमसीसी टोलीले नेपालमा देखिएको अन्योलबारे आफूहरु स्पष्ट पार्न आएको उल्लेख गरेका थिए।

‘हामी नेपालमा एमसीसीबारे देखिएको भ्रमबारे स्पष्ट पार्न आवश्यक भएकाले आएका हौँ’, एमसीसी उपाध्यक्ष सुमारको भनाइ उद्धृत गर्दै तुलाधरले नेपालखबरसँग भने, ‘एमसीसी विशुद्ध अनुदान हो, यसलाई कुनै अफ्ठ्यारो नमानी तपाईंहरुले स्वीकार्दा हुन्छ।’

त्यसपछि अध्यक्ष नेपालले एमसीसीबारे अमेरिकी अधिकारीहरुले नै नेपालमा कन्फ्युजन सिर्जन गरेको पनि बताएका छन्।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: