शनिबार, बैशाख ०८, २०८१

बाह्रबिसे दुरूमथलीमा सामुदायिक अस्पताल शिलान्यास

 सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकामा सामुदायिक अस्पताल निर्माण हुने भएको छ । अभिमान सिंह फाउन्डेसनको १६ करोड ५० लाख  लगानीमा बाह्रबिसे नगरपालिका वडा नं २ स्थीत माथिलो दुर्गम भेग दुरूमथलीमा उक्त सामुदायिक अस्पताल निर्माण हुन लागेको हो ।

अस्पतालको बुधबार नगर प्रमुख निमफुन्जो शेर्पाले बुधबार एक कार्यक्रमकाबीच  शिलान्यास गर्नुभएको छ । नगर प्रमुख शेर्पाले दुरुमथली क्षेत्रका बिरामीलाई सेवा प्रदान गर्न उक्त अस्पतालले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  विगतका दिनमा स्वास्थ्य चौकी नहुँदा सानोतिनो उपचार गर्न पनि बाह्रबिसे बजार आउनु पर्ने अवस्था उक्त अस्पताल निर्माण भएपछि अन्त्य हुने उहाँले बताउनुभयो ।

नगर प्रमुख शेर्पाले आफ्नो नगरमा विकास गर्नको लागि हरेक समय आफू तत्पर रहने प्रतीज्ञा पनि व्यक्त गर्नुभयो। विगतका दिनमा स्वास्थ्य चौकी आउनको लागि सवारी साधन समयमा उपलब्ध नहुने समस्या भएको हुँदा निकै कष्ट झेल्न बाध्य भएका स्थानीयहरु अब आफ्नै ठाउँमा सामुदायिक अस्पताल बन्ने भएपछि खुसी भएका छन् ।

१५ शैय्यासहित निर्माण हुने उक्त अस्पताल निर्माणको लागि वडा नं २ निवासी समाजसेवी श्याम शेर्पाले निशुल्क ५ रोपनी जग्गा उपलब्ध गराउनुभएको थियो । उक्त उक्त अस्पतालको शिलान्यास गरिएसंगै आगामी दिनमा ७७ वटै जिल्लामा १५ शैय्याको सामुदायीक अस्पताल निमार्ण गर्ने अभियान शुरु गरिएको फाउन्डेसनका अध्यक्ष सुदिपमान सिंह बस्नेतले बताउनुभयो ।

यस्तै, फाउन्डेसनका सात प्रदेशका संयोजक रविन्द्र दाहालले दुरूमथलीमा निर्माणको क्रममा रहेको उक्त अस्पताल ३ देखि ५ वर्षमा निर्माण सम्पन्न हुने बताउँदै फाउन्डेसनको सहयोगमा कुल ८४ वटा अस्पताल बन्ने जानकारी दिनुभयो ।कार्यक्रममा ईन्द्रेणी टिम, वडा अध्यक्ष, ईलाका प्रहरी कार्यालय प्रमुख, पत्रकार लगायत स्थानीयहरूको उपस्थितिमा रहेको थियो ।