बुधबार, बैशाख १२, २०८१

अमेरिकाको जवाफ नआएपछि एमसीसी पास हुने कुरा हुँदैनः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी अहिलेकै अवस्थामा पास नहुने बताएका छन् ।

मंगलबार पार्टीको युवा संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) को पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिलेकै स्थितिमा एमसिसि पास नहुने बताएका हुन् ।

उनले भने, ‘यही स्थितिमा एमसीसी पास हुँदैन । किनकि हामीले यसबारे अमेरिकालाई कुटनीतिक नोट पठाएका छौँ, त्यसको जवाफ आएको छैन। जवाफ नआएपछि एमसीसी पास हुने कुरा हुँदैन।’ उनले राष्ट्र र राष्ट्रियतामाथि प्रश्न उठ्ने कुरामा माओवादी केन्द्रले सहमति नगर्ने स्पष्ट पारेका थिए।