एमाले रामेछापमा १० बुँदे अनुसार अघि बढ्ने निर्णय, पौडेलले पाए अध्यक्षको जिम्मेवारी

मन्थली । नेकपा(एमाले) रामेछापको पदाधिकारी बैठकले पार्टीलाई १० बुँदे सहमतिको आधारमा जेठ २ अनुसारअघि बढाउने निर्णय गरेको छ ।

मन्थलीमा सोमबार बसको पार्टी पदाधिकारी बैठकलले १० बुँदे सहमतिलाई जिल्लादेखि वडा कमिटीसम्म लागू गर्ने निर्णय गरेको पार्टी सचिव आनन्द श्रेष्ठले जानकारी दिनुभयो ।

एमाले केन्द्रमा लामो समयदेखिको अन्तरसंघर्ष र अन्तरविरोधलाई समाधानको लागि भएको प्रयत्नको वावजुत केही नेता कार्यकर्ता पार्टीबाट बाहिरिएका भन्दै उहाँहरुलाई पार्टीमा ल्याउन प्रयत्न गर्ने पनि पदाधिकारी बैठकले निर्णय गरेको श्रेष्ठले बताउनुभयो ।

एमाले रामेछापका इन्चार्ज कैलाशप्रसाद ढुंगेलको प्रमुख आतिथ्यतामा भएको पदाधिकारी बैठकले १० बुँदेलाई वडा तहसम्म लैजान निर्णय गरेको हो ।

यस अघि एमालेबाट माधव नेपाल पक्षमा लागेको कारण जिम्मेवारी खोसिएका पार्टी अध्यक्ष शान्तिप्रसाद पौडेल पार्टीेको मूलधारमा फर्किएपछि पार्टी अध्यक्षको हैसियतले सोमबारको पदाधिकारी बैठकमा सहभागी हुनुभएको छ । पार्टी निर्णय अनुसार पौडेलको अध्यक्षतामा बैठक भएको सचिव श्रेष्ठले बताउनुभयो ।

पौडेल नेपाल पक्षमा लागेपछि पार्टी अध्यक्षको जिम्मेवारी श्रेष्ठले सम्हाल्नुभएको थियो । उहाँ पार्टीमा फर्किएपछि श्रेष्ठ सचिवको जिम्मेवारीमा फर्कनुभएको छ ।

पदाधिकारी बैठकले यही भदौ २६ गते जिल्ला कमिटीको बैठक बोलाउने निर्णय गरेको पनि उहाँले बताउनुभयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: