शनिबार, बैशाख ०८, २०८१

गृहमन्त्री खाणद्वारा मेलम्ची र हेलम्बु बाढीग्रस्त क्षेत्रको स्थलगत अबलोकन

 

सिन्धुपाल्चोक । गतअसार १ गते गएको बाढिपहिरो कारण सिन्धुपाल्चोक जिल्लामा अरबौको जनधनको क्षति पुर्याएको छ ।  बाढी प्रभावितलाई ब्यबस्थापन र भत्किएको संरचनाको पुर्ण निर्माण गर्न गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन ।

शनिबार क्षतिग्रस्त क्षेत्रको स्थलगत भ्रमण र हेल्म्बु-मेलम्ची पुगेका गृहमन्त्रीले ईन्द्रवती र मेलम्चीबाट आएको बाढी रोक्न चेकड्याम बनाउनु पर्ने बताए ।

हेलम्बु गाउपालिकाको वडा नम्बर २ स्थलगत भ्रमण निरीक्षण गरि मेलम्ची खानेपानी आयोजनाको हेडर्क्स तथा बस्तीहरु बचाउन कहाँबाट के खस्यो ड्यामहरु बनाउनु पर्ने हो यस बारे पनि अबलोकन गरेका छन् ।

गृहमन्त्रीको त्यस टोलीमा संघीय सांसद तथा पूर्व मन्त्री शेर बहादुर तामाङ, पुर्वमन्त्री मोहन बस्नेत , प्रदेश सभा उपाध्यक्ष युबराज दुलाल र निमा  लामा ,योजना आयोगको उपाध्यक्ष बिस्व पौडेल, गृह सचिब टेक नारायण पाण्डे , सडक बिभाग महा लनिर्देश्क अर्जुन थापा , सिचाई बिभागका उपनिर्देशक  प्रदीप थापा, राष्ट्रिय बिपद जोखिम  न्युनिकरण तथा ब्यबस्थापन प्राबिधिकरणका प्रमुख कार्यकारी अनिक पोखरेल  र हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा सहभागी  थिए।

कोरोना प्रकोप संगै आएको बाढी पहिरोले सिन्धुबासीलाई धेरै पिडा भएको थियो ।  खाने बस्ने केहि ठेगान थिएन ।

विभिन्न क्षेत्रबाट  सहयोग पाउदा खुशीको सिमा नरहेको स्थानीय बासिन्दाले बताए ।