शुक्रबार, चैत १६, २०८०

टोकियोमा बागलुङका भीमबहादुर केसीको निधन, जापानमैं अन्तिम संस्कार गरिने

टोकियो । जापानको टोकियोमा बागलुङ ज़िल्लाको गलकोटका भीमबहादुर केसीको शनिवार निधन भएको छ ।
टोकियोको निप्पुरीमा बस्ने बागलुङ ज़िल्लाको गलकोट नगरपालिका वार्ड नम्बर ९ का ४६ वर्षीय भीमबहादुर केसीको शनिवार बिहान निधन भएको हो ।
सुगर, प्रेसरको बिरामी रहेका केसी पछिल्लो एक महिनादेखि अस्पतालमा रहेर उपचार गराइरहेका क्रममा शनिवार बिहान उपचार कै क्रममा असामयिक निधन भएको छ ।
करिब ८ वर्षदेखि जापानमा कुक भिषामा कार्यरत रहेका केसी केही समय अघिदेखि बिरामी भई नियमित उपचाररत रहेका थिए ।
श्रीमतिसंगै बस्दै आएका केसी बिरामी भएकै कारण नियमित काम गर्न नसक्दा र अस्पतालमा उपचारका लागि ठूलो रकम खर्च गर्नुपर्दा आर्थिक अवस्थामा समेत कमजोर बन्दै गएका थिए ।
केसीको जापानमा नै आगामी सोमबार दिउसो १ बजेबाट माचियामा अन्तिम संस्कार गरिने परिवारले जानकारी दिएको छ ।